site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिम्रो साथ 
Tiktok banner adTiktok banner ad

सुशान्त थापा


हुँदैन घामले आकाश भुलेको  
समय कट्यो भने घामको 
जूनले आकाशको साथ दिएको हुन्छ 
के हाम्रो कहानी पनि त्यस्तै होइन र प्रिय ? 
के हाम्रो सपनामा पनि एउटा क्यानभास छैन र ? 
जुन त्यो स्वप्न गगनभन्दा रंगीन छ ।

त्यो तिम्रो सपनाको महल 
मेरो विपनाको सहरमा
कहिले रहर भएर उभिने हो प्रिय ? 
ती सपनाहरूमा अझै तिमी जून बनेर 
साँझको दियोझैँ कहिले चम्किने हौ प्रिय ? 

म जिन्दगी नै कुनै 
उत्सवको उज्यालो भएझैँ मनाउनेछु 
तिम्रो साथ मेरो विश्वास हो  
फेरिफेरि उदाउने तिम्रो र मेरो रहर 
एउटा आकाश खोजिरहेछ  
म तिम्रो सजीव साथ 
मेरो मनको दर्शनको 
आँखीझ्यालबाट हेरिरहन्छु 
अनि, महसुस पनि गरिरहन्छु । 
 
(विराटनगर–१३)

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro