site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शीर्ष स्थानको गुजरातविरुद्ध मुम्बई २७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सविरुद्ध २७ रनको जित निकालेको छ ।

शुक्रबार वान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

गुजरातका राशिद खानले ३२ बलमा तीन चौका र १० छक्कासहित अविजित ७९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्यले दोहोरो अंकमा रन थप्न सकेनन् ।

मुम्बईका आकाश माद्यवलले तीन विकेट लिए । पीयूष चावला र कुमार कार्तिकेयले समान दुई विकेट लिँदा जासन बेह्रेन्डोर्फले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो ।

सूर्यकुमार यादवले शतक प्रहार गरेपछि मुम्बई विशाल योगफलसम्म पुगेको थियो । सूर्यकुमारले ४९ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०३ रन जोडे । इशान किसनले ३१, विष्णु विनोदले ३०, कप्तान रोहित शर्माले २९ र नेहल वधेराले १५ रन जोडे ।

गुजरातका राशिद खानले चार विकेट लिए । मोहित शर्माले एक विकेट हात पारे ।

जितसँगै १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारका बावजुद १२ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थान यथावत छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ००:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro