site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सत्ताको विकल्प एमाले हो भन्नेमा उपनिर्वाचनले प्रश्न उठायो : ओली 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)ले उपनिर्वाचनमा मत कम आउनु चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ । 

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीकित प्रतिवेदनमा उपचुनावको परिणामले वर्तमान सत्ताको विकल्प एमाले हो भन्नेमा समेत प्रश्न उठेको उल्लेख छ । आमनिर्वाचनको तुलनामा पार्टीको मत घट्नु गम्भीर विषय भएको ओलीको भनाइ छ । 

Dabur Nepal
NIC Asia

यही वैशाख १० गते तीन क्षेत्रमा भएको उपनिर्वाचनमा एमालेले कुनै ठाउँमा जित निकाल्न सकेन । मंसिर ४ गते भएको निर्वाचनमा भन्दा पनि उपनिर्वाचमा एमालेको मत घटेको थियो । 

“नेकपा (एमाले) ले उपनिर्वाचनमा सङ्ख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो,” प्रतिवेदनमा उल्लेख छ, “गत वर्ष मङ्सिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा (एमाले) हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो । सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरूलाई अविलम्ब सच्याउनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu