site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाँण पक्राउ परेपछि दबाबमा एमाले : एक सातापछि टोपबहादुर निलम्बित
SkywellSkywell

काठमाडौं । नेकपा (एमाल)ले सर्वत्र प्रश्न उठेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ । 

एमालेका महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरिएको जानकारी गराएका हुन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ ठगी गरेको प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।

KFC Island Ad
NIC Asia

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी अझै पक्राउ परेका छैनन् । पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन छन् ।

पार्टीका सचिवमाथि प्रश्न उठेपछि कारबाही नगरेको भन्दै एमाले नेतृत्वको आलोचना भइरहेको छ । तर, एमालेले त्यसको प्रतिवाद गर्दै आएको छ । मंगलबार पार्टीको सचिवालय बसे पनि उनलाई कारबाहीको निर्णय भएन । बैठकले कानुनलाई सघाउन टोपबहादुरलाई आग्रह भने गर्‍यो ।

Royal Enfield Island Ad

सोही प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परे । उनलाई प्रहरीले निवासबाटै पक्राउमा गरेको हो । 

खाँण पक्राउ परेपछि एमाले दबबामा पर्‍यो । उसले हिजो बसेको सचिवालय बैठकको निर्णयलाई आधार मानेर कारबाही गरेको हो । 

“...केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ,” महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

एमालेले त्यसअघि टोपबहादुरलाई कारबाही प्रक्रियामा सघाउन संसद्बाटै आग्रह गरेको थियो । 

महासचिवको विज्ञप्ति जारी हुनुअघि आजको प्रतिनिधिसभा बैठकमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरे । 

“हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौँ । तपाईं यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस् भनेका छौँ,” उनले भने ।

साथै, उनले दोषीलाई कारबाही हुनुपर्ने र निदोर्ष फस्न नुहेन बताए । 

“विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा सरकार तलमाथि दायाँबायाँ नगरिकन लागोस्,” उनले भने, “दोषीहरू कोही नछुटून्, निर्दोष व्यक्ति कोही पनि नपरून् भन्ने अभियानका साथ लागोस् ।  नेकपा (एमाले) यो सरकारको काममा सहयोग र समर्थन गर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro