site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर  ताण्डव’ रास्वपा हेरेर मात्रै बस्दैन : रवि लामिछाने
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका छन् । 

लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा मुछिएकालाई छाड्न खोजिए रास्वपा हेरेर मात्रै नबस्ने बताए । उनले लेखेका छन्, “खबरदार,  अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।”

लामिछानेले शीर्ष नेताहरुको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन र नाम आएकाहरुमाथिको अनुसन्धान फितलो देखिएको उल्लेख गरेका छन् । उनले सोधेका छन्, “प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!”

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro