site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झापामा पहिचानवादी र प्रहरीबीच झडप, डीएसपीसहित १० प्रहरी घाइते
Sarbottam CementSarbottam Cement

विराटनगर ।‌ कोसी प्रदेश खारेजीको माग गर्दै झापाको दमकमा पहिचानवादीले निकालेको मसाल जुलसमा सहभागी र प्रहरीबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामासहित सुरक्षाकर्मीतर्फ १० र प्रदर्शनकारीतर्फ दुईजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र प्रसाद रिजालले १० जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन् । सुरक्षाकर्मीतर्फ घाइते भएकाहरूको दमकस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले चलाएको गोली लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएका किराँत राई विद्यार्थी झापाले जनाएको छ । किराँत राई विद्यार्थी समूहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार एकजनाको घुँडामा गम्भीर चोट लागेको छ । 

साँझतिर दमकको गणतन्त्र चोकमा प्रदर्शनकारीहरू ठूलो संख्यामा निस्किएपछि जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । त्यसक्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको आगोको राँको खोस्न खोज्दा झडप भएको हो । आन्दोलनकारीले  ढुंगा र  लाठी प्रहार गरेपछि सुरक्षाकर्मीले हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

Global Ime bank

प्रदर्शनकारीहरूले राजमार्गमा गुडिरहेका सवारीसाधनहरूमा समेत आक्रमण गरेका थिए। एउटा ट्रक केही सिटी सफारी तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रदेशसभाबाट कोसी नाम पारित भएसँगै पहिचानवादीले त्यसको विरोधमा प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement