site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर लियो नियन्त्रणमा
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा बिहीबार गोली चलाएको हो ।

उनीबारे थप विवरण भने आउन बाँकी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए । परियारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो । परियारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । उनको घुँडामा गोली लागेको ब्युरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । उनको साथबाट प्रहरीले ११० ग्राम खैरो हिरोइन बरामद गरेको छ । 

लागुऔषध कारोबारीको खोजीका लागि ब्युरोको टोली पछिल्लो समय देशभर अपरेशनका लागि खटिएको छ । केही दिन अघिमात्रै झापामा समेत गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro