site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदलाई सनाखत गर्न बाेलाइयाे

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत गराउन प्रदेश प्रमुखले निर्देशन दिएका छन् ।‌

 एमाले-माओवादी संसदीय दलका नेता र सांसद  प्रदेश प्रमुखको कार्यालयमा भेला भई दाबी पेस गरेका थिए ।  दुई दलका ५२ सांसदले हस्ताक्षर गरी दाबी पेस गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुई दलले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै दाबी पेस गरेलगत्तै  प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न समर्थन गरेका सांसदलाई परिचय पत्र सहित उपस्थित गराइ सनाखत गर्न निर्देशन दिएका हुन् । 

नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सबै सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गर्ने बताए । दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैसाख ७ गते प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरी कार्कीलाई विश्वासको मत लिन भनेका थिए ।‌  प्रदेश प्रमुखले असंवैधानिक कदम चालेको भन्दै रिट दायर गर्न मुख्यमन्त्री कार्की सर्वोच्च अदालत पुगेका छन् ।

koshi-1715238069.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्