देश

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।
आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १५:४८
प्रतिक्रिया दिनुहोस्