site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोकुल बास्कोटाको टिप्पणी– प्रचण्डले 'प्रचण्डपथ' छाडेर 'महतपथ' अंगाले
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'प्रचण्डपथ' छाडेर 'महतपथ' अंगालेको टिप्पणी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बास्कोटाले विनियोजन विधेयकका सिद्धान्त र प्राथामिकता हेर्दा 'प्रचण्डपथ'बाट 'महतपथ'मा विलय भएको महसुस गरेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

माओवादीले समाजवाद छोडेको देखिएको पनि उनको दाबी छ । “दुई कुरामा बाधाई दिन चाहान्छु । प्रधानमन्त्री प्रचण्डलाई पहिलो बधाई । यहाँ समाजवाद भन्ने शब्द कहीँ पनि छैन । पोलिसी डिपाचर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ । माओवादीले समाजवाद छोडेको कुरा यसमा देखिएको छ ।

उनले अगाडि थपे, “सुरक्षित आवासको योजना उहाँले राख्नुभएको छ, यसमा पनि बधाई छ । तीन खम्बे मोडल भन्यो । निजी क्षेत्रलाई प्रोत्साहन गरिएको छ, त्यसमा खुसी प्रकट गर्न चाहान्छु । तर, राज्यको भूमिका र लगानी हाम्रोजस्तो देशमा कति महत्त्वपूर्ण छ वा छैन भनेर सोच्न अनुरोध छ ।”

Global Ime bank

उनले सहकारी क्षेत्रका लागि नीति नियमन शब्द मात्र नपुग्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !