site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामुदायिक दृढताका लागि कोका–कोलाको नयाँ ‘वाटर स्टेवार्डसिप परियोजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोका–कोला बेभरेज नेपालले रेन वाटर हार्वेस्टिङ तथा ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरूसहित २०२३–२०२४ का लागि चार नयाँ परियोजनाहरू ल्याएको छ । 

वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा बालाजु पार्कको बाइसधाराको पुनरुत्थान र वास प्रणालीका साथै पोखरा र भरतपुरमा यस्ता परियोजना ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत र हाम्रा सञ्चालन र आपूर्तिहरूमा पानीको जिम्मेवार प्रयोगमार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।

कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टसँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुनःप्रयोगमा ल्याउन मद्दत गर्न ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ । 

Global Ime bank

परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷ सतहभन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार केएल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ, जसले सहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । 

यस संयुक्त प्रयासमार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भू–जल तालिका कायम राख्न सहयोग पु¥याउन मात्र नभएर द्रुत सहरीकरणका कारण समुदायलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउन पनि मद्दत पुर्याउने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय