site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मेक्सिकोको संसद्‌मा पनि सांसदले खोलेका थिए कपडा
SkywellSkywell

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै अर्धनग्न भएर विरोध जनाए ।

सभामुख देवराज घिमिरले आकस्मिक र विशेष समय हटाइएको जानकारी बैठकमा गराएका थिए । त्यसपछि सांसद सिंहले आफूले बोल्न पाउनुपर्ने भन्दै एक/एक गर्दै कम्मरमाथिको कपडा खोलेर विरोध जनाएका थिए ।

Dabur Nepal
NIC Asia

संसद्मा सांसदले कपडा नै खोलेर विरोध जनाएको यो नेपालमा पहिलो घटना हो । विश्वमा यसअघि पनि यस्तो घटना भएको थियो ।

सन् २०१३ मा मेक्सिकोका सांसद एन्टोनियो गार्सियाले देशको तेल उद्योगमा विदेशी लगानी खुला गर्ने कानुनसम्बन्धीको छलफलका क्रममा उनले सदनमै आफ्नो लुगा खोलेका थिए । वामपन्थी लोकतान्त्रिक क्रान्ति पार्टीका नेता गार्सियाले उक्त कानुनको विरोधमा संसद्मै लुगा खोलेका थिए ।

गार्सियाले लुगा खोल्दै भनेका थिए, “यसरी नै तपाईंहरूले राष्ट्रलाई नांगो बनाएर लुटाउँदै हुनुहुन्छ ।”

उनले तेल उद्योगमा विदेशी लगानी खुला गर्दा फाइदा नहुने बताएका थिए । “मलाई लाज लाग्दैन, तिमीले जे गर्दै छौ त्यो लज्जास्पद छ,” उनले भनेका थिए ।

त्यहाँ तेल उद्योगमा विदेशी लगानी स्वीकार गर्ने विधेयक पछि संसद्बाट पारित भएको थियो ।

यस्तै, क्यानडाका सांसद विलियम अमोसले कोरोनाका समयमा संसद्को ‘जुम मिटिङ’का क्रममा भिडियो ‘अन’ गरी कपडा खोलेका थिए । उक्त घटना अन्जानवश भएको भन्दै उनले माफी मागेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu