site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्थानविरुद्ध हैदराबादको रोमाञ्चक जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध चार विकेटको रोमाञ्चक जित निकालेको छ । आइतबार सवाइ मानसिंह रंगशालामा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको २१५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो । 

हैदराबादको जितमा अभिषेक शर्माले ५५ रन बनाए । राहुल त्रिपाठीले ४७,अनमोलप्रीत सिंहले ३३, हेनरिक क्लासेनले २६, ग्लेन फिलिप्सले २५ र अब्दुल समदले अविजित १७ रन जोडे ।

राजस्थानका युजवेन्द्र चहलले चार विकेट लिए । कुलदीप यादव र रविचन्द्रन आश्विनले एक-एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१४ रनको योगफल खडा गरेको थियो । 

राजस्थानका जस बटलरले ९५ रन बनाएका थिए । बटलरले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए । कप्तान सन्जु सामसनले अविजित ६६ रन जोड्दा यशस्वी जैसवालले ३५ रन थपे । 

हैदराबादका भुवनेश्वर कुमार र मार्को जन्सेनले समान एक विकेट लिए । 

जितसँगै १० खेलबाट आठ अंक जोडेको हैदराबाद तालिकाको नवौं स्थानमा छ । ११ खेलबाट १० अंक जोडेको राजस्थान चौथो स्थानमा छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro