site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरसीटीले ‘रेलिगेसन जोन’सँग बनायो पाँच अंकको दुरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले रेलिगेसन जोनको अंक दुरी बढाएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा ब्रिगेडलाई २–१ ले पराजित गर्दै आरसीटीले अंक दुरी बढाएको हो ।  

आरसीटीको जितमा अजित गुरुङ र निकिल तामाङले गोल गरे । ब्रिगेडका अभिषेक रानामगरले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

खेलको १४औँ मिनेटमा अजितले आरसीटीलाई अग्रता दिलाए । ८२औँ  निखिल तामाङले टोलीको अग्रता दोबर बनाए ।

जितसँगै आरसीटीले रेलिगेसन जोनसँग पाँच अंकको दुरी बनाएको छ । आरसीटीले चौथो जित निकाल्दै कुल ११ खेलमा चार जित, तीन बराबरी र चार हारसहित १४ अंक बनाएको हो ।

पराजित ब्रिगेड भने १२ अंकसहित तालिकाको १०औँ स्थानमा छ । बिग्रेडले ११ खेलमा तीन जित, तीन बराबरी र पाँच हारको नतिजा आत्मसाथ गरेको छ  ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro