site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकले क्षमताभन्दा ठूलो भारी बोके अर्थतन्त्र डुब्छ : गभर्नर अधिकारी
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकलाई क्षमताभन्दा ठूलो भारी बोकाउन नहुने बताएका छन् । 

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आयोजना गरेको ‘नेपाल बिजनेस समिट २०२३’ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेकोले राष्ट्र बैंकलाई ठूलो भार बोकाउन नहुने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग धेरै अपेक्षा गरिएको छ । मौद्रिक नीतिका आफ्नै सीमा छन्, सीमा बाहिर गएर मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था छैन,” उनले भने, “यदि हामीले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यौं भने समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्छ ।”

राष्ट्र बैंकले व्यवसायीका स्वार्थका विषय कुनै काम नगरेको पनि जानकारी दिए । त्यस्तै, उनले समग्र वित्तीय प्रणालीका हितमा आएका सबै सुझावअनुसार नीतिगत निर्णय राष्ट्र बैंकले गरेको पनि उनले उल्लेख गरे ।

Global Ime bank

“आफ्ना स्वार्थका विषय सम्बोधन भएको छैन भन्दैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न मिल्दैन,” उनले भने, “राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हितमा आवश्यक नीतिगत निर्णय गरिरहेको छ ।”

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज अवस्था रहेको पनि उनले जानकारी दिए । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव नभएको पनि उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय