site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हवाई यातायातको सुरक्षा र विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटमा हवाई यातायातको सुरक्षा र विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने बताएका छन् ।

आइतबारदेखि सुरु भएको बजेट अधिवेशनमा ‘आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्दै उनले हवाई यातायातको सुरक्षा र विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कोरोना महामारीपछि पुनरुत्थान हुँदै गरेको पर्यटन क्षेत्रलाई थप गति दिन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिने पनि बताए ।

“पर्यटकलाई सुरक्षित पर्यटकीय सेवा सुविधा प्रदान गरिने व्यवस्था मिलाइने छ । महत्त्वपूर्ण धार्मिकस्थल र ऐतिहासिक  र सांस्कृतिक स्थलहरूको विकास गरी पर्यटन प्रबर्द्धन गरिनेछ,” उनले भने ।

Global Ime bank

पर्यटन पूर्वाधारमा लगानी गरिने र नयाँ पर्यटकीय गन्तव्य विस्तार गरी पर्यटन क्षेत्रको विविधीकरण गर्न बजेट विनियोजन गरिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय