site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राजस्व उठाउने नीति परिवर्तन हुनुपर्छ : अध्यक्ष गोल्यान
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै अध्यक्ष गोल्यानले भने, “मुलुक आत्मनिर्भर बन्नको लागि आयात बढाउँदै राजस्व उठाउने नीति परिवर्तन हुनुपर्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर उन्मुख क्षेत्रलाई संवद्र्धन गर्न र न्यून बिजीकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरूको उत्पादन मूल्य भन्दा कममा आयात नहुने गरी भन्सार समर्थन मूल्य कायम गरिनुपर्ने बताए ।  

“सरकारले निर्यातमूलक उद्योगहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमूलक उद्योगहरूलाई आवश्यक विद्युत् ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई २० प्रतिशत छुट दरमा विद्युत् उपलब्ध गराउनुपर्छ,” उनले भने । 

Global Ime bank

उनले बिलासिताका सामान रोक्नु भन्दा भन्सारको दर बढाएर राजस्व बढाए आयात नियन्त्रण समेत हुने विश्वास व्यक्त गरे । 

भारतमा रहेका नेपाली नागरिकलाई आइडी दिने व्यवस्थाको पहल गरे भारतीय बैंकमा खाता खोल्न सजिलो हुने र वैधानिक तवरबाट वार्षिक पाँच अर्ब भन्दा बढी रेमिट्यान्स नेपालमा भित्राउनसक्ने भन्दै त्यसको लागि सरकारको अग्रसरता र सहजीकरण आवश्यक पर्ने बताए । 

अधिकांश उद्योग व्यवसायीहरूले यो समस्या भोगिरहेका छन् । आयात प्रतिस्थापनका लागि आत्मनिर्भर भइसकेका र हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यक छ, उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय