site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाग्मतीमा नेपाल र तामाङ आजदेखि सरकारी कामकाजी भाषा
Sarbottam CementSarbottam Cement

मनहरी (मकवानपुर) । औपचारिकरूपमा वाग्मती प्रदेश सरकारले आजदेखि सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ । 

गत असोज २२ मा वाग्मती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राजपत्रमा प्रकाशित भएको १८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् आजदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । 

प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज बिहान काठमाडौंको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अंगीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए । 

Global Ime bank

भाषा ऐन कार्यान्वयन घोषणापश्चात् वाग्मती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम चार भाषामा लेखिने उनले बताए । उनका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अंग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ । 

संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र सो ऐन आजबाट लागु हुने उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement