अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको भाउ बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्