
भक्तपुर । डा. इनु महत खड्काको अनुसन्धानात्मक दुई कृति ‘घनश्याम राजकर्णिकार : नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ लोकार्पण गरिएको छ ।
साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा दुई कृति लोकार्पण गरिएको हो । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा इतिहासकार डा. सुरेन्द्र के.सी.लगायतका स्रष्टाहरूले दुवै कृतिको लोकार्पण गरे ।
कार्यक्रममा समालोचकहरू प्रा.डा. कृष्णप्रसाद दाहाल र प्रा.डा. गोविन्दमान सिंह कार्कीले कृतिमाथि समीक्षात्मक मन्तव्य राखे ।
उक्त अवसरमा डा. केसीसहित डा. शान्ति गिरी, नीलकण्ठ भुसाल, प्रा.डा. देवमणि भट्टराई, घनश्याम राजकर्णिकार, युवराज नयाँघरे, राधेश्याम लेकाली, कृतिकार डा. इनु महत र प्रकाशक माधवकुमार खड्काले बोलेका थिए ।