
काठमाडौं । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले ‘टेकनाथ शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार’ धरानका स्रष्टा डा. गोपाल भण्डारीलाई प्रदान गरेको छ । प्रतिष्ठानद्वारा विराटनगरमा आयोजित एक कार्यक्रममा डा. गोविन्दराज भट्टराईले डा. भण्डारीलाई यो वर्षको पुरस्कार प्रदान गरे ।
कार्यक्रममा डा. भट्टराईसहित विवश पोखरेल, दधिराज सुवेदी, गोकुल अधिकारी, कविराज न्यौपाने, एनपी आचार्य, भूषण ढुंगेल र गंगा सुवेदीले बोलेका थिए ।
कार्यक्रममा कविहरू रमादेवी दाहाल, तारा पराजुली ढकाल र यादव खनालले कवि टेकनाथ अधिकारीद्वारा रचित केही कवितावाचन गरेका थिए ।
१५ हजार रुपैयाँ नगद राशिसहितको उक्त पुरस्कार पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले आफ्ना मातापिताका नाममा स्थापना गरेका हुन् ।