
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानले स्थलगत साहित्य लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त अवसरमा नगरपालिका अन्तरगतका १९ वटा विद्यालयका ७९ जना विद्यार्थीको सहभागिता रहेका स्थलगत साहित्य लेखन प्रतियोगितामा कथा र कविता लेखनतर्फ २६/२६ विद्यार्थीले भाग लिएका थिए भने निबन्धतर्फ भने २७ जना विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा काठमाडौं–३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, नगर प्रमुख दीपक रिसाल तथा साहित्यकार रोचक घिमिरेले विजेताहरूलाई पुरस्कृत गरे ।
प्रतियोगिताको कथा लेखनमा सहभागी विद्यार्थीहरूमध्ये पर्लल्स इङ्लिस एकेडेमीमा कक्षा १० मा अध्यनरत संगीता लामा प्रथम, सेन्टेनियल एकेडेमी कक्षा ८ की प्रेरणा बस्ताकोटी द्वितीय, सर्वनाम शिक्षालयमा कक्षा १० की पासाङ ल्हामु शेर्पा तृतीय भए ।
प्रतियोगितामा सुसंस्कार एकेडेमीका कक्षा ७ म अध्यनरत दिप्सन भट्टराई र एकता जेम्स एकेडेमीमा कक्षा १० मा अध्यनरत कृतिश त्रिपाठी सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।
कवितातर्फ खगेन्द्र विशेष शिक्षा माद्यमिक विद्यालय कक्षा १० का विद्यार्थी निखिल बुढा प्रथम, उत्तरवाहिनी बोर्डिङ स्कूल, कक्षा ९ की अस्मिता तामाङ द्वितीय, अरुणोदय माद्यमिक विद्यालय, कक्षा ९ का पार्वती विश्वकर्मा तृतीय, तथा सुसंस्कार एकेडेमी कक्षा १० की दिलाशा अधिकारी र अल्केमिस्ट एकेडेमी, कक्षा १० का प्रभात घिसिङ सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।
स्थलगत लेखन प्रतियोगिताको निबन्धतर्फका सहभागी मनकामना माद्यमिक विद्यालय, कक्षा ८ अध्यनरत सक्षम भट्टराई प्रथम, उत्तरवाहिनी बोर्डिङ स्कुल, कक्षा ८ की सुयश्मा सुवेदी द्वितीय, सुसंस्कार एकेडेमी, कक्षा १० का फुडु शेर्पा तृतीय र नवअरुणिमा माद्यमिक विद्यालय कक्षा १० का दिव्यांशु रिसाल तथा उत्तरवाहिनी बोर्डिङ स्कुल, कक्षा १० की सृजना चुडाल सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका छन् ।
कार्यक्रममा अतिथिहरू चालिसे, रिसाल, घिमिरेसहित के.के.कर्माचार्य, विजय चलिसे, रामप्रसाद पौडेल, मुना रुपाखेती लगायतले बोले ।
गोनपा भित्रका विभिन्न विद्यालयबाट कक्षा ८ देखि १० सम्मका सो प्रतियोगितमा भाग लिनेहरू मध्येबाट उत्कृष्टमा परेका प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी सबै विधाका पाँच/पाँचजनालाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र सान्त्वना दुईजनालाई एक एक हजार गरेर नगद पुरस्कार प्रदान गरिएको थियो ।