site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आधा घण्टाका लागि स्थगित भएको बैठक ८ बजे बस्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आधा घण्टापछि बस्नेगरी स्थगित भएको प्रतिनिधिसभा बैठक ८ बजे बस्ने भएको छ । 

संसद्का महासचिव भरतराज गौतमले सुचना जारी गर्दै सभामुख देवराज घिमिरेले बैठक ८ बजेका लागि बोलाएको जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हत्या आरोपमा फरार नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको विषयमा विवाद हुँदा बैठक आधा घण्टा स्थगित गरिएको थियो । 

सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएर उपचार गराइरहेकाले बिदा स्वीकृतको लागि प्रस्ताव गरेका थिए । 

Global Ime bank

उनको प्रस्तावमा सत्ता पक्षका सांसदहरूले फरार अभियुक्तलाई बिरामी भएको भनेर बिदा दिन नमिल्ने भन्दै विरोध गरेका थिए । 

महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् । 
उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । 

पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको थियो । सो आदेशपछि उनी फरार छन् ।
 

notice1682690107.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय