site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोइरीलाई कारबाही नगरिएको भन्दै सत्तापक्षका सांसदको अवरोध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीलाई कारबाही नगरिएको भन्दै सत्तापक्षकै सांसदले संसद्मा उभिएर विरोध जनाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले कोइरी लगातार १० बैठकमा सहभागी नभएको भन्दै कारबाही गर्न माग गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सभामुख देवराज घिमिरले प्रक्रियामार्फत अघि बढ्ने भन्दै बस्न आग्रह गरे । “यसको जवाफ मैले अघि नै रुलिङ गरिसकेको छु,” उनले बैठकमा भने । 

सत्ता पक्षका सांसदको होहल्लापछि सभामुखले नेपाली कांग्रेसका सचेतक रमेश लेखकलाई बोल्न समय दिए । 

Global Ime bank

लेखकले कोइरी उपस्थित नभएकोमा दशौँपटक प्रश्न उठेको बताए । उनलाई प्रहरीले खोजी गरिरहेको र भेटिए पुर्पक्षका लागि थुनामा जानुपर्ने लेखकले बताए । 

बैठकमा सभामुख घिमिरेले कोइरी बिरामी भएको भन्दै बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

लेखकले सभामुखबाट बिरामी भएको भनेर प्रस्ताव पेस गर्नु जग हसाइ भएको टिप्पणी गरे । उनले फरार अभियुक्त कोइरी बिरामी भन्ने शब्द रेकर्डबाट हटाउन पनि माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय