site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब ज्योतिषीको हवाला दिएर जनताको भविष्य बन्धकी बनाउनेलाई सफल हुन दिन्नौँ : स्वर्णिम वाग्ले 

काठमाडौं । तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अब आफूहरू नागरिकको राजनीतिक र आर्थिक भविष्य बन्धकी बनाउन नदिने बताएका छन् ।

बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ज्योतिषीले भविष्यवाणी गरेको भन्दैमा तीन करोड जनताको राजनीतिक र आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक 'कुसंस्कार'लाई सफल हुन नदिने बताए । 

"छैटौँपटक ज्योतिषीले भन्देको छ भनेर तीन करोड जनताको राजनीतिक भविष्य, आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक कुसंस्कार, यो प्रवृत्तिलाई हामी सफल हुन दिने छैनौँ," उनले भने । 

उनले राजनीतिक दलका नेताहरूले त्यागका कुरा गरेर नागरिकलाई ठग्न नमिल्ने पनि बताए  ।

"साथीहरू अहिले पनि ब्याजका कुरा गर्नुहुन्छ, त्यागका कुरा गर्नुहुन्छ । ब्याजसम्म हामीले बेहोर्न सक्थ्यौँ होला । ब्याजको स्याज पनि अलि उदार भएर बेहोर्न सक्थ्यौँ होला । तर, अब मिटरब्याज नै दाबी गर्न थाल्नुभएपछि हामीले पनि सचेत गराउनपर्छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro