site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिनाथको घ्याम्पो चोर्ने व्यक्ति अझै भेटिएनन्, प्रहरी र सशस्त्रको भूमिकामै शंका
Tiktok banner adTiktok banner ad

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा भेटी संकलन गर्ने घ्याम्पो हराएको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । 

माघ १४ गते पशुपतिनाथ परिसरमा भेटी संकलनमा लागि राखिएको घ्याम्पो हराएको थियो  । 

त्यसको केही घण्टापछि घ्याम्पो सोही स्थानमा राखिएको थियो । तर, अझै पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन ।

घ्याम्पो हराएपछि पशुपति क्षेत्र विकास कोषले छानबिन समिति गठन गरेको थियो ।  सो समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई प्रतिवेदन बुझाएको थियो । 

सोही प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । 

उनले भने, “घटना पुरानै हो । प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान जारी छ । अन्य कुरा अहिले खुलेको छैन ।”

पशुपतिनाथ मन्दिर परिसरमा भेटी संकलनका लागि राखिएको घ्याम्पो माघ १४ गतेका दिन हराएको थियो । केहीबेर हराएको घ्याम्पो पछि फेला परेको थियो ।

उक्त घटना छानबिनका लागि समिति बनाइएको थियो ।

समितिले स्थलगत निरीक्षणका क्रममा देखिएको वास्तविक अवस्थाका बारेमा उल्लेख गर्दै प्रतिवेदनमा भनेको छ–

11682482357.JPG

समितिले प्रहरीमाथि पनि प्रश्न उठाउँदै भनेको छ–

21682482357.JPG

दुई साताअघि पर्यटनमन्त्री किराँतीले महाशिवरात्रीमा संचालित मेलामा सम्झौता विपरीत काम भएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने र पशुपतिनाथ मन्दिर परिसरबाट भेटी संकलन हुने घ्याम्पो हराएकोमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई पठाउने बताएका थिए । 

सशस्त्र र नेपाल प्रहरी पशुपतिमा ६ महिनाभन्दा बस्न नपाउने सुझाव

हाल पशुपतिनाथ मन्दिरको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिँदै आएका छन् । घ्याम्पो हराएपछि गठीत छानबिन समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू लामो समयसम्म डिउटीमा नराख्ने, ६–६ महिनामा अनिवार्य सरुवा हुनुपर्ने प्रस्ताव गरेको छ ।

एकपटक पशुपतिमा खटिएर ६ महिना काम गरेर सरुवा भएपछि नेपाल सरकारका सुरक्षाकर्मीहरू कम्तिमा तीन वर्ष पछिमात्र पुनः पशुपति मन्दिरमा काम गर्ने गरी सरुवा गर्न सकिने व्यवस्था गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई परिषद्बाट निर्णय गरी पत्राचार गर्नुपर्ने सुझावसमेत दिइएको छ ।

प्रतिवेदनमा मन्दिर परिसर र कोर क्षेत्रभित्र खटिने सुरक्षाकर्मीको ड्युटी, कार्यतालिका, कार्यक्षेत्र र गर्नुपर्ने कार्य विवरण स्पष्ट हुनुपर्ने र सबैलाई जानकारी गराउनु पर्नेसमेत उल्लेख छ ।
 
मन्दिर परिसर प्रवेश गर्नुपूर्व सुरक्षा निकाय, कर्मचारी, भण्डारी, विशेष पुजारी, भक्तजनहरूको मोवाइल, क्यामेरा, पर्स, झोला वाहिरी लकरमा राखेर अनिवार्य जाँच गरी मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाउनसमेत भनिएको छ । मन्दिरमा काम गर्ने भट्ट, भण्डारी, पुजारी, ब्राह्मण, कर्मचारी, सुरक्षाकर्मीहरूले नियमले तोकिएको कार्य मात्र गर्ने, आफ्नो कार्यक्षेत्रवाहेक अन्य कार्य क्षेत्रको काम कारवाही नगर्ने÷नगराउने र सबैलाई ड्रेस कोर्डसहितको पहिचानयुक्त पोशाकको व्यवस्था गर्नसमेत समितिले सुझाव दिएको छ ।

मन्दिरका ढोकाहरूबाट कुनै पनि भण्डारी तथा कर्मचारीहरू एवं ब्राह्मणहरूले दान, दक्षिणा, भेटी लिन नपाउने र लिएको पाइएमा वा प्रमाणित भएमा कारवाही गर्ने वा पालो वा डिउटीबाट हटाउन सिफारिस गनुपर्ने समितिको सुझाव छ । मन्दिर परिसरमा कुनै पनि ब्राह्मण, साधुसन्त, मगन्तेनारायणलाई माग्नका लागि प्रवेश गर्न निषेध गर्नसमेत सुझाव दिइएको छ ।

मन्दिर परिसरमा काम गर्ने भण्डारी, ब्राम्हण, कर्मचारी, सुरक्षाकर्मीले मन्दिरमा चढाइएको कुनै पनि सामान लिएर जान निषेध गर्ने व्यवस्था गर्नसमेत समितिले सिफारिस गरेको छ । यसबाहेक अन्य सुझावसमेत समितिले दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro