site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा सरकार गठन आह्वानमा किन भइरहेको छ ढिलाइ ?
SkywellSkywell

पोखरा । विश्वासको मत नपाएपछि शनिबारदेखि सत्ताबाट बाहिरिएका खगराज अधिकारी अहिले पनि कामचलाउ मुख्यमन्त्री नै छन् । माओवादी केन्द्रका मन्त्रीहरू खगराज अधिकारी नेतृत्वको सरकाबाट बाहिरिएपछि मुख्यमन्त्री बनेको १०५ दिनमा नै खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिएका थिए ।

सरकार टिकाउन आवश्यक ३१ सांसदको समर्थन उनले पाउन सकेनन् । एमालेका २२ र राप्रपाका दुई सांसदले समर्थन दिँदा कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र निर्वाचिन (पछि नेकपा एस प्रवेश) एकसहित ३५ सांसदले विपक्षमा मत दिए ।

विश्वासको मत नपाएर सरकार गुमाएका अधिकारीको ठाउँमा सरकारको नेतृत्व कसले लिन्छ भन्ने अन्योल छ । कांग्रेस र माओवादीबीच कसले पहिला नेतृत्व गर्ने भन्ने सहमति जुटिसकेको छैन ।

KFC Island Ad
NIC Asia

विश्वासको मत लिँदा खगराज अधिकारीले एउटा चलाख्याईँ पनि गरे ।  विश्वासको मत पाउने अवस्था नदेखिँदा पनि उनले विश्वासको मत किन लिए ?

संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते उनी मुख्यमन्त्री बनेका थिए । उनलाई समर्थन गरेको दल बाहिरिएपछि धारा १८८ बमोजिम पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत पाउने सम्भावना नदेखेपछि कतिपयले मुख्यमन्त्री अधिकारीले राजीनामा दिन्छन् भन्ने आंकलन गरेका थिए । तर, खगराजले भने प्रदेशसभा बैठक नै फेस गर्ने निर्णय लिए । कारण, संविधानको धारा १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । यो उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले विश्वसको मत नपाए स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ भन्ने मान्यताका आधारमा उनले विश्वासको मत लिए ।

यो उपधारा अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे स्वतः मुख्यमन्त्री बन्छन् । उनलाई माओवादी केन्द्रले समर्थन दिए उपधारा ४ अनुसार विश्वासको मत पनि पाउँछन् । यो उपधाराको सरकार पनि ढल्यो भने उपधारा ५ अनुसार पुनः नेतृत्वमा आउन सकिने आशा खगराजमा अहिले पनि छ । सोही कारण उनले विश्वासको मत लिएका हुन् ।

कानुनविद्हरू पनि उपधारा २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसार सरकार गठन हुने बताउँछन् । यसो गर्दा आलोपालो नै भए पनि सुरुमा कांग्रेसले सरकारको नेतृत्व गर्छ । 

तर, माओवादी केन्द्र भने उपधारा २ अनुसार नै पुनः सरकार गठन हुने दाबी गरिरहेको छ । संसदीय दलका नेता हरि चुमानले उपधारा २ अनुसार नै सरकार गठनको सम्भावना बाँकी रहेकाले यही उपधारा अनुसार सरकार गठनको लागि आह्वान हुनुपर्ने बताउँछन् ।

अब प्रदेश प्रमुखले कुन उपधाराका आधारमा सरकार गठनको लागि आह्वान गर्छन् भन्ने चासोको विषय बनेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङ आइतबार काठमाडौंबाट पोखरा फर्किएका छन् । आइतबार उनले प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् । सोमबार उनले सरकार गठनको आह्वान गर्नेछन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्याल प्रदेश प्रमुखले नै आह्वान गर्ने हुँदा कुन उपधाराका आधारमा आह्वान हुन्छ अहिले नै भन्न नसकिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro