site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'अझै ५–६ वर्ष फाइभजीको कुरै नगरे हुन्छ'

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आन्दराज खनालले नेपालमा अझै फाइभजी सेवा विस्तार गर्न उपयुक्त नहुने बताएका छन् । 

शनिबार बाह्रखरी मिडियाले गोकर्ण रिर्साटमा आयोजना गरेको 'एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद' कार्यक्रमको थिमेटिक सेसनमा उनले अझै कम्तीमा चार वर्ष फाइभजी सेवाबारे सोच्नसमेत आवश्यक नरहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"५–६ वर्ष जति मजाले सुते हुन्छ फाइभजीको कुरै नगरे हुन्छ," उनले भने, "नेपाल टेलिकमको उदाहरण दिने हो भने फोरजीमा करिब करिब २०–२२ अर्ब रुपैयाँ एनटीसीले लगानी गरेको छ । २०१७ देखि ६ वर्षको अवधिमा त्यो रकम उठेको छ कि छैन । सञ्चालन खर्च बिर्सिनुदिए हुन्छ ।"

उनले अगाडि थपे, "जुन कुरा रेट अफ रिटनले सर्पोट गर्दैन, फाइनान्सियल इन्टिकेटरले सर्पोट गर्दैन त्यहाँ लगानी गर भन्नुको अर्थ के हो ? मर भनेको हो नि त त्यकारणले अझै पाँच छ वर्ष मजाले सुते हुन्छ ।"

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्