काठमाडौं । प्राध्यापक डाक्टर अच्युत वाग्लेले आर्थिक नीति बनाउनेको मनस्थितिनै रूढीग्रस्त भएको बताएका छन् । उनले नेपाली र विदेशी लगानीकर्तालाई उपलब्ध हुने सुविधामै विभेद भएको गुनासो गरे ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उनले भएका कानुनहरूको कार्यान्वयनमा समेत सन्तुष्ट हुने ठाउँ नभएको बताए । विदेशी लगानीकर्ताले पाउने सुविधा नेपाली लगानीकर्ताले पाए लगानी नेपालमै प्रशस्त भएको उल्लेख गरे ।
“नीति बनाउने मनिस्थितिनै रूढीग्रस्त छ । विदेशी लगानीकर्तालाई दिने सुविधा नेपाली दिए पर्याप्त लगानी भित्रन्छ,” उनले भने, “कानुन छ तर कार्यान्वयन गर्न सकेका छैनौं । संस्था छन् तर तिनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छैनौँ ।”