
काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले पहिलो पटक आफ्नो स्टारशिप रकेट प्रक्षेपण गरेको छ ।
तर, उडानको बीचमा देखिएको विफलताको कारण यो रकेट अन्तरिक्षमा पुग्न भने असफल भएको छ । आजसम्म बनेका कुनै पनि रकेट भन्दा यो दोब्बर बढी शक्तिशाली हो ।
यसले एकै दिनमा एक भन्दाबढी पटक अन्तरिक्ष एवं चन्द्रमामा मानिस र सामान पठाउन सक्ने सामथ्र्य राख्छ । लञ्चप्याडबाट रकेट उड्नु नै महत्वपूर्ण सफलता मानिएको छ ।
यसभन्दा बढी रकेटको मुख्य इन्जिन भाग र मुख्य सामान एवं मानिस रहने भाग आकासमा सफलतापूर्वक छुट्टिएका थिए, जुन महत्वपूर्ण सफलता हो ।
फेरि प्रयोग गर्न सकिने इन्जिनको भाग पृथ्वीतिर फिर्ता आएको छ, तर माथिल्लो भाग भने मध्य उडानमा समस्याग्रस्त भएको हो । यो यात्रुरहित परीक्षण प्रक्षेपण थियो ।