site stats
बाह्रखरी :: Baahrakhari
देश
नायब सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
फाइल तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीले भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

कार्यालयले भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बा रामकृष्ण पण्डित र भू–सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

Argakhachi Cement Island Ad

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जा समेत दिलाइदिने भन्दै सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अघिल्लो वर्ष फागुन १८ गते नियन्त्रणमा लिएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्