site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
फाइल तस्बिर ।

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा आईसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोनाभाइरस संक्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार पीसीआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजिटिभ’ आएपछि ६ दिनअघि उनलाई अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो । ती महिलामा मुटुरोगको समस्या थियो । 

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोनाभाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ । संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro