site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीन दलका शीर्ष नेताको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगन गरिएको छ । आज बस्ने भनिएको बैठक स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो ।

तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगन भएको बुझिएको छ । अब बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।

सभामुखले संसद्को ‘बिजनेस’, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनलगायत विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन् । विशेष गरी संक्रमणकालीन न्यायलाई निकास दिन संसद्मा प्रस्तुत गरिएको विधेयक संसदीय समितिमा नलगी पारित गर्ने विषयमा सहमति जुटाउने सत्ता गठबन्धनको तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro