site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवामा सबैभन्दा गर्मी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशभर गर्मी बढ्दो छ । केही स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १० स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ३९.७ डिग्री सेल्सियस छ । जनकपुरको ३८.४, नेपालगन्जको ३७.८, सिमराको ३७.६, धनगढीको ३७.३, दिपायलको ३६.६, विराटनगरको ३५.४, वीरेन्द्रनगरको ३४.८, घोराहीको ३४.३ र पोखराको अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियस छ । काठमाडौंको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस छ ।

यो हिजो दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ५ डिग्री सेल्सियस छ । काठमाडौंको १३.२, ताप्लेजुङको १३.४, डडेलधुराको न्यूनतम तापक्रम १४.२ सेल्सियस छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro