काठमाडौं । नयाँ वर्ष २०८० आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकले देशभरका सम्पूर्ण बैंकहरूमा यो वर्ष दिइने बिदाको सूची निकालेको छ । केन्द्रीय बैंकले यही चैत ९ गते उक्त सूची सार्वजनिक गरेको थियो ।
नेपाल सरकारद्वारा स्वीकृत बिदाहरू नै राष्ट्र बैंकको सूचीमा समावेश छ ।
यस्तै, ०८० वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म बैंकको कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म हुनेछ । कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ४ बजेसम्म हुनेछ ।
प्रत्येक शुक्रबार बिहान १० देखि दिउँसो साढे १ बजेसम्म कार्यालय समय हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ कारोबार समय वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म हुनेछ ।
कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि दिउँसो ३ बजेसम्म बैंकिङ कारोबार समय हुनेछ ।
प्रत्येक शुक्रबार बिहान १० देखि दिउँसो साढे १२ बजेसम्म बैंकिङ कारोबार समय हुने केन्द्रीय बैंकले जनाएको छ ।
बैंक बिदाको सूची हेर्नोस्–