site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

नेपाल टेलिकमको कार्यशैलीप्रति विरोध प्रकट गर्ने कार्यालय परिसरमा लगेर फोहोर फाल्ने वीरगन्ज महानगरपालिकाको कार्य निन्दनीय हो । यसरी कार्यालय परिसरमा फोहोर फालेर जनप्रतिनिधिको रिस मरे पनि ‘सफा र सुन्दर शहर बनाउने अभियान’ त पक्कै सफल हुँदैन । 

नेपाल टेलिकमलगायतका सार्वजनिक संस्थान र सरकारी निकायहरूले गर्ने लापरबाहीले सहर र गाउँँ जताततै जनजीवन कष्टकर बनाइरहेको देखिन्छ । त्यसको समाधान भने कुनै कार्यालय परिसरमा फोहोर फालेर पक्कै हुँदैन भन्ने त जनप्रतिनिधिले पनि बुझेकै होलान् ।  

टेलिकमले बिगारेको बाटो छिटो बनाउनलाई दबाब दिने अरू कैयौं उपाय छन् । निश्चित मितिभित्र बाटो नबनाए महानगरपालिकाले आफैँ बनाएर लागेको खर्च टेलिकमलाई भराउन सक्थ्यो ।

टेलिकमका स्थानीय अधिकारीले अटेर वा आलटाल गरे माथिल्लो निकाय वा स‌ञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराउन सकिन्थ्यो । दुर्भाग्य, वीरगन्ज महानगरपालिकाले अस्वीकार्य उपाय अपनायो ।

धन्न महानगरपालिकाको उदण्ड व्यवहारको विरोधमा टेलिकमका कर्मचारीले सेवा बन्द गरेनन् १ नत्र, त्यसबाट निकै ठूलो क्षति हुनेथियो । यसका लागि टेलिकमका कर्मचारीको विवेक र स‌ंयमको सराहना गर्नुपर्छ ।

टेलिकमले पनि आफूले भत्काएको सडक यथाशीघ्र बनाउन आलटाल गर्नु उचित होइन । वीरगन्जका विवेकी कर्मचारीले यति बुझेकै होलान् र सकेको प्रयत्न पनि गर्लान् भन्ने अपेक्षा गरौँ । 

टेलिकमले सुल्झाउन नसक्ने कुनै अड्चन भए महानगरपालिकालगायतका निकायसँग सहयोग लिनुपर्छ । लापरबाहीले सीमा नाघेकैले वीरगन्ज महानगरपालिकाले पनि उद्दण्ड शैली अपनाएको हुनसक्छ । यसमा अरूले पनि गौर गरून् ।

विरोध प्रकट भइसकेकाले अब वीरगन्ज महानगरपालिकाले पनि तत्काल टेलिकम परिसरबाट फोहोर हटाओस् । साथै, यस्तो लाजमर्दो उद्दण्डता प्रदर्शन कहिल्यै गर्नुहुँदैन भन्ने विवेक महानगरपालिकाका पदाधिकारीमा पलाओस् ।    

भविष्यमा यस्ता लाजमर्दा घटना हुन नदिन संघ र प्रदेश सरकार पनि सावधान हुनुपर्ने देखियो । यथार्थमा जनप्रतिनिधिले विवेकर संयम देखाउनुपर्छ भन्ने यथार्थ सबै तहका सरकारका जिम्मेवार पदधिकारीले आत्मसात गरून् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro