site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसीसी प्रिमियर कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा २१ खेलाडी
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २१ खेलाडी डाकिएका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाईले बुधबार बन्द प्रशिक्षणमा प्रारम्भिक टिमका २१ खेलाडीलाई बोलाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता अप्रिल १८ देखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । प्रतियोगितामा कूल १० टिमको सहभागिता छ ।

प्रिमियर कपको समूह ‘ए’ मा घरेलु टिम नेपालसँगै, कतार, साउदी अरेबिया, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, यूएई र सिंगापुर छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल मे १ मा हुने भए पनि एसीसीले मे २ लाई ‘रिजर्भ डे’ मा राखेको छ ।

प्रिमियर कप पाकिस्तानमा हुने एसिया कप–२०२३ को छनोट प्रतियोगिता हो । मे २ सम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गर्नेछ । एसिया कपमा छनोट हुने टिमले समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिस शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, सन्दीप जोरा, श्याम (मौसम) ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो, देव खनाल ।

FB_IMG_16800609096041680062301.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro