
काठमाडौं । मधेस प्रदेशविरुद्ध ६२ रनको फराकिलो जित निकाल्दै कोसी प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मधेसले अंकतालिकाको चौथो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ ।
जितसँगै कोसीले चार खेलबाट ६ अंकसहित फाइनलमा स्थान पक्का ग¥यो । कोसीले अब उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । लिग चरणमा अपराजित एपीएफले चार खेलबाट आठ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोसीले १०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मधेसले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ४३ रन मात्र बनाउन सक्यो ।
मधेसकी सरस्वती कुमारीले १० रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसका तीन ब्याटर ‘डक आउट’ भएका थिए ।
एपीएफकी अलिशा खडिया, निशा शाह र रुविना क्षेत्रीले समान दुई विकेट लिए । सबनम चौधरीले एक विकेट हात पारिन् ।
त्यसअघि, एपीएफकी कप्तान रुविना क्षेत्रीले ३८ बलमा ६ चौकासहित ३९ रन बनाएकी थिइन् । काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृति कटुवालले १० रनको योगदान गरे ।
मधेसका अमिरैन निशा, अमिषा पटेल र सरस्वती चौधरीले समान दुई विकेट लिए ।
प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । ‘सिंगल राउन्ड रोबिन’ पद्दतिमा सञ्चालित प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेस प्रदेश, कोसी प्रदेश र आयोजक ललितपुर मेयर्स–११ गरी पाँच टिमबीच प्रतिस्पर्धा भएको हो ।