site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको विद्यालयमा २८ वर्षीय ‘ट्रान्सजेन्डर’ले गरेको गोलीबारीमा ६ जनाको मृत्यु
तस्बिर : ईपीए ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनसी राज्यको न्यासभिलस्थित एक विद्यालयमा भएको गोलीबारीमा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

गोली चलाउने २८ वर्षीय ट्रान्सजेन्डर (लिंग परिवर्तन गरेको) व्यक्ति भएको प्रहरीले जनाएको छ । अड्रे हेल रूपमा पहिचान खुलेका आक्रमणकारीको पनि प्रहरी कारबाहीमा ज्यान गएको छ ।

उनी कुनै समयमा सोही विद्यालयको विद्यार्थी भएको प्रहरीको विश्वास छ । प्रहरीले उनको साथबाट गोलीबारी गर्ने उद्देश्यले पहिले नै तयार पारेको योजनासहितको कागजात र विद्यालय प्रवेशको नक्सा समेत फेला पारेको छ । विद्यालयको ढोकामा गोली हानेर उनी प्रवेश गरेको देखिएको छ ।

उनीसँग दुई आक्रमण शैलीको हतियार र एउटा पेस्टोल थिए । तीमध्ये दुई कानुनी रूपमै खरिद गरेको हुन सक्ने ठानिएको छ ।

गोलीबारी भएको न्यासभिलको कोभेन्ट स्कुल तीनदेखि ११ वर्षका बालबालिकाका लागि सञ्चालित एक निजी क्रिस्चियन विद्यालय हो ।

अमेरिकामा सन् २०२३ को मार्चसम्म १३० भन्दा बढी सामूहिक हत्याका घटना भएका छन् । गत वर्षका ३६५ दिनमा अमेरिकामा ६४७ सामूहिक हत्याका घटना भएका थिए । अमेरिकामा संघीय र राज्य कानुनानुसार सजिलै बन्दुक किन्न पाइन्छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro