site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्डविरुद्ध बंगलादेश २२ रनले विजयी
Tiktok banner adTiktok banner ad

काठमाडौं । आयरल्यान्डविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा घरेलु टिम बंगलादेशले डकवर्थ लुइस पद्दति (डीएलएस)मा २२ रनको जित निकालेको छ ।

सोमबार जहुर अहमेद चौधरी रंगशालामा सम्पन्न खेलमा टस हारेपछि ब्याटिङमा आएको बंगलादेशले १९.२ ओभरमा पाँच विकेट गुमाएर २०७ रन बनाएको थियो । तर, त्यसपछि वर्षा हुँदा पहिलो इनिङको चार बल सम्भव भएको थिएन । जसका कारण आयरल्यान्डले डिएलएस अनुसार आठ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो ।

तर, १०४ रनको लक्ष्यसहित ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित आठ ओभरमा पाँच विकेट गुमाएर ८१ रनमान बनाउन सक्यो ।

आयरल्यान्डका ग्यारेथ डेलनीले २१ रन बनाए । ह्यारी टेक्टरले १९, कप्तान पाउल स्टर्लिङले १७ र रोस अडाइरले १३ रन बनाए ।

बंगलादेशका तस्किन अहमेदले चार विकेट लिए । हसन महमुदले एक विकेट लिए ।

त्यसअघि बंगलादेशका रोनी तालुक्दारले ६७ रन बनाएका थिए । लिटन दासले ४७, समिम हुसैनले ३०, कप्तान साकिब अल हसनले २०, नज्मुल हुसैन सान्टोले १४ र तोहिदद ह्रदोयले १३ रन बनाए ।

आयरल्यान्डका क्राइग योङले दुई विकेट लिए । ह्यारी टेक्टर, मार्क अडाइर र ग्राहम ह्युमले समान एक विकेट लिए ।

जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखलामा बंगलादेशले १–० को अग्रता बनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro