site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद शर्माको प्रश्न– किन बिनासूचना घण्टौँ बिजुली काटिन्छ ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गर्मीका बेला नेपाल विद्युत् प्राधिकरणले बिनासूचना घण्टौँ बिजुली काट्ने गरेको बताइएकी छन् । आज प्रतिनिधिसभा बैठकमा उनले बिजुली काट्दा जनजीवन प्रभावित भएको बताइन् ।

“जनता गर्मीका कारण अत्तालिएका छन् । यस्तो प्रचण्ड गर्मीमा विद्युत् प्राधिकरणले पटकपटक बिनासूचना लाइन काटेको छ । यसरी घण्टौँ लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ,” उनले भनिन् । 

उनले किन लाइन काटिएको भनी प्रश्न पनि गरिन् । “यही साधन स्रोतले यसअघि नियमित लाइन दिन सक्ने प्राधिकरण अहिले किन लाइन काट्छ ? जनतालाई सूचना दिँदैन,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro