site stats
साहित्य
मैथिली नाटक ‘हएबे करतै भोर’ सार्वजनिक 
Himalayan Bank
Agni Group
Global bank

ललितपुर । डा. राजेन्द्र विमल प्रतिष्ठानको ११औँ स्थापना दिवसको अवसर पारेर साहित्यकार अवधेश पोखरेल ‘जनकपुरिया’द्वारा लिखित मैथिली नाट्यकृति ‘हएबे करतै भोर’ सार्वजनिक भएको छ ।

आइतबार ललितपुर कुपण्डोलमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार संस्कृतिविद् डा. राजेन्द्र विमलको ७७औँ जन्मदिन मनाउँदै उक्त कृति सार्वजनिक गरिएको हो । समारोहमा डा. राजेन्द्र विमल, गंगाप्रसाद उप्रेती, प्रह्लाद पोखरेललगायतले कृति विमोचन गरे ।

कार्यक्रममा कृतिमाथि साहित्यकार चतुर्भुज केवरतले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । उक्त अवसरमा डा. विमल, गंगाप्रसाद उप्रेती, सुशीला पौडेललगायतले बोलेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय