site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कराते महासंघको अध्यक्षमा पुनः लामा
तस्बिर : हिक्मत भण्डारीको फेसबुकबाट ।
Tiktok banner adTiktok banner ad

भरतपुर । नेपाल कराते महासंघको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन् । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, ६ उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन् ।

महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् ।

यस्तै, सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन् ।

अध्यक्ष लामाले सञ्जय राई र कमला रानालाई समेत सदस्यमा मनोनीत गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन् ।

७६ मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए ।

सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्ल्यूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । वि.सं. २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro