site stats
विदेश
बाइडेनको स्वीकारोक्ति : चीनले रूसलाई हतियार आपूर्ति गरेको छैन

ओटावा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रूसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रूसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

“चीनले अहिलेसम्म रूसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भने । साथै, उनले चीन र रूसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।

Himalayan Bank
Dabur nepal
Agni Group

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस (एयूकेयूस) महत्वपूर्ण सुरक्षा साझेदार भएको बताए ।

यसैसाता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रूस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास  हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए । 

Global bank

चीनले रूसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना गथ्र्यो । युरोपमा नै अपर्याप्त भएको रूसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवं दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो । राससरएएफपी

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय