देश

जनकपुरधाम । धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोक्किँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोक्कएर तीनजनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन् । ढल्केवर अस्पतालमा उनको उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्