site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेमिकाको कोठामा जीवेशसँगै थियो अर्को एक जोडी, कसरी भयो मृत्यु ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर इमाडोल नयाँबस्तीका ३१ वर्षीया जीवेश अधिकारी सोमबार साँझसम्म ठिकठाक थिए । नयाँबस्तीकै स्थानीय जीवेशको काभ्रेकी युवतीसँग प्रेम थियो । २२ वर्षीया उनकी प्रेमिका पनि लामो समयदेखि इमाडोलमै डेरा लिएर बस्दै आएकी छिन् । सोमबार साँझ करिब ८ बजे जीवेश उतै बस्नेगरी प्रेमिकाको डेरामा पुगे । यसअघिसमेत उन्को त्यहाँ आऊजाऊ भइरहन्थ्यो । 

सोमबार भने उनी एक्लै त्यहाँ गएका थिएनन् । जीवेशको एकजना केटा साथी र उनकी प्रेमिकासमेत थिए । उनीहरू चारैजनाले साँझको खानपिन त्यहीँ गरे । सुत्नका निम्ति बेडरुम एउटा मात्रै भएका कारण उनीहरू चारैजना भुइँमा लहरै सुते । 

बिहान हुँदासम्ममा जीवेशको सास गइसकेको थियो । तर यो कुरा न उनले चाल पाइन् न त अन्य दुईजनाले नै चाल पाए । सँगै सुतेका प्रेमी जीवेशले सधैँका लागि आफ्नो साथ छाडेको एकैचोटि बिहानको ५ बजेमात्र चाल पाएपछि तीनैजनाको होसहवास उँड्यो । 

ललितपुर प्रहरीका एसपी चक्रराज जोशीका अनुसारसँगै कोठामा सुतेका साथीहरूले बिहान मात्रै जीवेशको मृत्यु भएको चाल पाएको बताए । जीवेशको सास रोकिएको थाहा पाएपछि उनीहरूले बिहान ६ः३० बजेतिर ग्वार्कोस्थित किस्ट अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालले जीवेशलाई मृत घोषित गरेको थियो ।

एसपी जोशी भन्छन्,‘‘मृतकको बाहिरी कुनै चोटपटक देखिँदैन । सँगै सुतेका साथीहरूले बिहानमात्रै थाहा पाएर अस्पताल पुर्‍याएको बताएका छन् । थप अनुसन्धान हुँदै छ ।’’

प्रहरीले जीवेशकी प्रेमिकासहित तीनजनालाई नै प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट इनर्जी ड्रिंकका केही बट्टा भने फेला पारेको छ । 

प्रहरीका अनुसार जीवेश परिवारका एक्ला छोरा हुन् । उनकी एक बहिनी छिन् । बुबाआमाको पनि तीन वर्षअघि मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । 

कफी पसल सञ्चालन गर्दै आएका जीवेश पछिल्लो समय भने अनलाइनमार्फत सामान बिक्री गर्ने काम गर्थे । उनकी प्रेमिकाले भने इमाडोलकै एक रेस्टुरेन्टमा काम गर्ने गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा जीवेशले लागुऔषध समेत प्रयोग गर्ने गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको जस्तो नदेखिएको प्रहरीले जनाएको छ । 

तर, पोस्टमार्टम रिपोेर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ  । प्रहरीका अनुसार इनर्जी ड्रिंकमा केही नसालु पदार्थ मिसाएको आशंका प्रहरीको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro