site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिलोत्तमाका भूमिहीनलाई लालपुर्जा वितरण
Tiktok banner adTiktok banner ad

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा शुक्रबार विन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमकाबीच १२ जनालाई लालपुर्जा वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाभित्र रहेका सबै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको लगत नगरपालिकासँग रहेको बताउँदै बाँकी रहेका भूमिहीनहरूलाई पनि क्रमिक रूपमा लालपुर्जा वितरण गरीने जानकारी दिए ।

उनले भने, "हाम्रो कार्यकालमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा उपलब्ध गराउन प्रतिबद्ध छौँ । प्रतिबद्धतालाई पूरा गर्छौं ।"

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष आश्विन पौडेलले सरकारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्न आयोग नै बनाएर अघि बढेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro