site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हिन्डनबर्गको रिपोर्टपछि ज्याक डोर्सीले गुमाए ५२ करोड अमेरिकी डलर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी लगानीकर्ता समूह हिन्डनबर्ग रिसर्चले पछिल्लोपटक मोबाइल भुक्तानी सेवाप्रदायक ब्लक इङ्कविरुद्ध बिहीबार रिपोर्ट प्रकाशित गरेको छ । 

सहसंस्थापक ज्याक डोर्सी रहेको ब्लकले फेक प्रयोगकर्ताको संख्या देखाएको र विभिन्न जालझेल गरेको रिपोर्ट प्रकाशित गरेपछि यसको सेयर बिहीबार करिब २२ प्रतिशतले घटेको छ ।

हिन्डनबर्गको रिपार्टपछि ज्याक डोर्सीको सम्पत्ति गत मे महिनायता पहिलोपटक एकैदिन ५२ करोड ६० लाख अमेरिकी डलरले घटेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्लुमबर्गको अर्बपति सूचीअनुसार उनको कुल सम्पत्ति ११ प्रतिशतले घटेर ४.४ अर्ब अमेरिकी डलर पुगेको छ ।

ब्लकले ठगी गर्नेहरूलाई सजिलै खाता खोल्न सक्ने र ठगी गरेको पैसा सजिलै निकाल्न सक्नेजस्ता सुविधा उपलब्ध गराएको आरोप हिन्डनबर्गले लगाएको छ ।

Global Ime bank

हिन्डनबर्गले यो रिपोर्टका लागि दुई वर्ष अनुसन्धान गरेको र दजर्नाैं पूर्व कर्मचारीहरू र विज्ञहरूसँग अन्तर्वार्ता गरेको जनाएको छ । यसले रिपोर्ट तयार पार्नुअघि नियामक र अदालती कागजातहरूको पनि विश्लेषण गरेको जनाएको छ ।

सन् २००९ मा डार्सीले स्थापना गरेको ब्लकको नाम सन् २०२१ मा फेरिनुअघि स्क्यैर थियो । क्यास एपमार्फत यसले भुक्तानी सेवा प्रदायकका रूपमा सेवा दिन्छ ।

सन् २०२१ मा १०० अर्ब बजार पुँजीकरण पुगेको ब्लकको बजार पुँजीकरण अहिले करिब ३७ अर्ब रहेको छ । यसअघि भारतीय उद्योगपति गौतम अडानीको कम्पनी अडानी ग्रुपविरुद्धको रिपोर्ट सार्वजनिक गरेपछि यो फर्मले विश्वव्यापी चर्चा पाएको थियो ।

त्यसअघि विद्युतीय एवम् हाइड्रोजन सवारी कम्पनी निकोलाविरुद्ध पनि यसले रिपोर्ट सार्वजनिक गरेपछि कम्पनीका तत्कालीन सीईओ ट्रेभर मिल्टन लगानीकर्ताहरूसँग झुटो बोल्दै सेयर बढाएकोमा दोषी ठहर भएका थिए ।

विओनद भर्जबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement