site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्दै
Tiktok banner adTiktok banner ad

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्दै छन् । सहिद मैदानमा हुने रात्रिकालीन प्रतियोगिता साँझ ७ बजे सुरु हुनेछ ।

विराट गोल्डकप फुटबल ट्रस्टका अनुसार ‘ए’ डिभिजन लिग खेल्दै आएको जावलाखेल पहिलो पटक विराट गोल्डकप सहभागी भएको हो । 

आर्मी ५औं संस्करणको विराट गोल्डकप उपविजेता हो । २०७४ मा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोल अन्तरले पराजित भएको थियो ।  

बिहीबार भएको  खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro