site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कतार विश्वकपको उपाधिपछि पहिलो खेल खेल्दै अर्जेन्टिना
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२२ को डिसेम्बरमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको लियोनल मेसीको टिम अर्जेन्टिनाले त्यसयता शुक्रबार पहिलो खेल खेल्दै छ ।

कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले फ्रान्सविरुद्ध पेनाल्टीमा जित निकाल्नुअघि खेलको निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा रोकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कतार विश्वकपको उपाधिपछि अर्जेन्टिनाले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मध्य अमेरिकी राष्ट्र पानामाविरुद्ध खेल्दै छ ।

कप्तान मेसीले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्ने चर्चा थियो । तर, विश्वकप फाइनलपछि मेसीले विश्व च्याम्पियनका रूपमा अझै केही समय खेल्ने इच्छा रहेको बताएका थिए ।

Global Ime bank

पानामासँगको खेलअघि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसी राम्रो लयमा रहेको र राष्ट्रिय टिममा खुसी रहेको बताए ।

“उनी राम्रो लयमा छन् । उनी राष्ट्रिय टिमबाट खेल्न चाहन्छन् । यदि, मेसीले कुनै समय टिममा सहज महसुस नगरेको बताए भने हामी उनले खेल्ने/नखेल्नेबारे सोही बेला निर्णय गर्नेछौँ,” प्रशिक्षक स्कालोनीले भने, “अहिलेको अवस्थामा उनी राष्ट्रिय टिममा खुसी छन् ।”

अर्जेन्टिनाको राजधानी ब्युनस आर्यसमा हुने उक्त खेलका लागि ६३ हजार टिकट उपलब्ध गराइएको थियो । १५ लाख समर्थकले टिकट खरिदका लागि आवदेन दिएका थिए ।

ब्युनस आर्यसस्थित मोनुमेन्टल रंगशालामा सो खेल नेपाली समयानुसार शुक्रबार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC